महाभारत जंगलको डढेलो निभाउन हेलिकाेप्टर परिचालन
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – चीनका स्वास्थ्य विशेषज्ञहरूले नर्वे र अन्य देशमा फाइजर जस्ता कम्पनीहरूले बनाएको एमआरएनए आधारित कोरोना खोपको प्रयोग स्थगित गर्न आग्रह गरेका छन् । यो खोप लगाएका नर्वेका २३ जना पाको उमेरका व्यक्तिको ज्यान गएपछि खोपको सुरक्षा अनिश्चिततालाई लिएर प्रयोग स्थगित गर्न चीनका स्वास्थ्य विशेषहरूले आग्रह गरेका हुन् ।
‘नयाँ एमआरएनए खोप हतारमा विकसित गरिएको थियो र सङ्क्रामक रोग रोकथामका लागि ठूलो सङ्ख्यामा यसको प्रयोग गरिएको थिएन र यसको सुरक्षालाई लिएर मानिसको ठूलो समूहमा प्रयोगको पुष्टि गरिएको थिएन’, एक चिनियाँ इम्युनोलोजिस्टले भने ।
नर्वेमा भएको मृत्युका घटनाहरूले पनि एमआरएनए कोभिड–१९ खोपको प्रभावकारिता अपेक्षा गरेअनुसार राम्रो नभएको विशेषज्ञले बताएका छन् ।
बिहीवारसम्म नर्वेमा खोपसँगको सम्बन्धमा २३ जनाको ज्यान गएको छ ।
‘अहिलेसम्म यीमध्ये १३ को मूल्याङ्कन गरिएको छ । सामान्य साइड इफेक्ट्सले वृद्ध व्यक्तिमा गम्भीर समस्या देखिन सक्छ’, नर्वेको मेडिकल एजेन्सीको वेबसाइटमा भनिएको छ ।
सबैको मृत्यु कमजोर अवस्थामा रहँदा भएको र ती नर्सिङ होममा रहेका ८० देखि ९० वर्षभन्दा माथिका वृद्ध भएको नर्वेको सञ्चारमाध्यम एनआरकेले जनाएको छ ।
नर्वेमा दुई कोभिड–१९ खोप बायोटेक/फाइजर र मोडेर्ना प्रयोग गरिएको छ । यी खोप एमआरएनए प्रविधिमार्फत बनाइएको र युरोपेली सङ्घले अस्थायी रुपमा प्रयोगका लागि अनुमोदन गरिएको एजेन्सीले जनाएको छ ।
नर्वेमा डिसेम्बरको अन्त्यमा ठूलो सङ्ख्यामा खोप लगाउने अभियान चलाइएको थियो, जसमा वृद्ध र नर्सिङ होममा रहेका ८५ वर्षभन्दा माथिका व्यक्ति पहिलो प्राथमिकतामा थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।