अमेरिकी अर्बपति मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः ...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – निर्वाचन आयोगले घोषित चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग आइतबार छलफल गरेको छ । छलफलका क्रममा आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने एवम् १६ र १७ गते त्रुटि भए सच्याउन निवेदन दिन लगाउने प्रस्ताव गरेको छ ।
आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा भएकाले त्यसबारे छलफल गर्न आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै बैठकमा मतदान केन्द्रबारे पनि छलफल भएको राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन् । छलफलमा सहभागी नेकपाको दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटि सच्याउन निवेदन दिने, मतदान केन्द्रलगायतबारे छलफल भएको तर अहिले चुनाव हुने अवस्था नरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताउनुभयो ।
प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको र संसद् पुनर्स्थापना या चुनावबारे अहिले नै निर्क्याेल नभइ सकेकाले चुनावको तयारी गर्नु उचित नहुने कुरा आफूहरूले राखेको नेता पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।
यस्तै न्याय परिषद्ले सरुवा गर्नुपर्ने आयोगको कर्मचारीलाई सरकारले सरुवा गरेको विषयमा पनि आफूहरूले कुरा उठाएको उहाँले बताउनुभयो । चुनाव नहुने र अहिलेकै अवस्थामा निर्वाचन आयोगले निष्पक्ष चुनाव गराउन पनि नसक्नेबारे आफूहरूले ध्यानाकर्षण गराएको नेता पाण्डेकाे भनाइ छ ।
आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने घोषणासहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेलगत्तै आयोग चुनावको तयारीमा जुटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।