चिसोमा बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन आग्रह

 माघ ४, २०८१ शुक्रबार ९:२९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिसोका बेला बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । डाक्टरहरुका अनुसार हड्डी र जोर्नीमा हुने यो रोग दीर्घकालीन समस्या हो ।

बाथरोग प्रायः वंशाणुगत कारण, सङ्क्रमण तथा तनावका कारणले देखा पर्न सक्छ । बाथरोग विशेषज्ञ डा.कृष्ण अधिकारीका अनुसार चिसोका कारणले जोर्नी सुन्निने, फुल्लिने र दुखाइ बढ्ने समस्या हुन्छ । तर यस्ता सबै लक्षण बाथरोग नभएको उहाँले बताउनुभयो ।

बाथरोग भएको अवस्थामा हात निलो, फुस्रो, रातो हुने, तथा घाउ आउने लक्षणहरू देखिन्छन् । भिटामिन ‘डी’ को कमीले पनि दुखाइ हुन सक्ने भएकाले समयमै जाँच गराउन उहाँको सुझाव छ ।

बाथरोगको दुखाइ प्रायः साँझ, राति वा बिहान बढी हुने र दिन ढल्दै जाँदा कम हुँदै जाने डा.अधिकारीले बताउनुभयो । उहाँका अनुसार यदि जोर्नी सुन्निने, फुलिने र मुठ्ठी पार्न कठिन हुने समस्या छ भने बाथको लक्षण हो भनेर बुझ्नुपर्छ ।

जोर्नी दुखाइसँगै कपाल झर्ने, आँखा पोल्ने, सुख्खा हुने, ज्योति कम हुने तथा गाला रातो हुने जस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु पर्छ । बाथरोगबाट बच्न हातखुट्टा न्यानो राख्न, मोजा र पञ्जा लगाउन तथा प्रदूषण र सङ्क्रमणबाट बच्न डाक्टरको सुझाव छ ।
 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया