१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभई काम गर्नका लागि हुनुपर्ने बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालको २५औं स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको दाबी गर्नुभयो । उहाँले कतिपयले अहिले अध्यादेशको विरोध गर्न खोजिरहेको भन्दै १५/२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानूनको रूप लिइसक्ने बताउनुभयो । उहाँले दुई महिनासम्म देशका कामहरू रोकेर राख्न नमिल्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ऊर्जाको प्रयोग थप बढाउनुपर्नेमा जोड दिनुभएको छ । पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न नसकिएको उहाँको भनाइ छ ।
प्रधानमन्त्रीले जलविद्युत् आयोजनामा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभएको छ । स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भइरहेकाले ऊर्जा खपतको चिन्ता लिइरहनु नपर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।