अछाममा भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता

 माघ ४, २०८१ शुक्रबार १३:५:५६ | रासस
unn.prixa.net

अछाम – डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछाममा शुरू हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्प पीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम शुरू भएको जानकारी दिनुभयो ।

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मङ्गलसेन नगरपालिका–५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राहीबीच हिजो सम्झौतामा हस्ताक्षर भएको हो । कामीको घर पुनर्निर्माणका लागि चार लाख रुपैयाँ खर्च हुने र यो रकम पालिकाबाट भुक्तान हुने जनाइएको छ ।

भूकम्पबाट पूर्णरूपमा क्षति भएका घर पुनर्निर्माणका लागि चार लाख रुपैयाँ, आंशिक क्षतिको हकमा एक लाख र सामान्य क्षति भएकालाई ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने छ ।

विं.सं. २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पका कारण त्यहाँका १० पालिकाका पाँच हजार पाँच सय ४० घर प्रभावित भएका थिए ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया