लाओसको गोल्डन ट्रयांगलबाट भागेर थाइल्यान्ड छिरेका एक जना नेपा...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ – इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीलाई फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएको शिष्टाचार भेटमा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विशेष गरी इजरायल सरकार विपिनसँगै सबै बन्धकहरूलाई फिर्ता ल्याउन पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । भेटमा राजदूत पण्डितले विपिनको रिहाइका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।
इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको युद्धविराम सम्झौताअनुसार पर्सि आइतवारदेखि दुवैको नियन्त्रणमा रहेका बन्दी छुट्दैछन् । सम्झौताअनुसार शुरुमा छुट्ने ३४ जनाको सूचीमा थपिएर नेपाली विद्यार्थी विपिन पनि मुक्त हुन सक्ने र आइतवार छुट्ने सूचीमा नपरे त्यसको १६औँ दिनमा जोशी छुट्ने सरकारको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।