लाओसको गोल्डन ट्रयांगलबाट भागेर थाइल्यान्ड छिरेका एक जना नेपा...
माघ ४, २०८१ शुक्रबार
इजरायलले गाजा युद्धविराम सम्झौतालाई मन्त्रिपरिषद्मा लगेर मतदानमार्फत अनुमोदन गर्नुपर्नेमा यसलाई आधिकारिक मान्यता दिन ढिलाइ गरिरहेको छ ।
हिजै मन्त्रिपरिषद्मा मतदान गराउनु पर्नेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई आलटाल गरिरहनुभएको बीबीसीले जनाएको छ । उहाँले हमासले अन्तिम समयमा कैदीबन्दी रिहाइको सम्बन्धमा सम्झौतामा हेरफेरको माग गरिरहेको भन्दै सम्झौतालाई अन्तिम रुप दिन अस्वीकार गरिरहनुभएको खबरमा उल्लेख छ ।
प्रधानमन्त्री नेतन्याहुको कार्यालयले हमासले अन्तिम समयमा कैदी रिहाइको थप सुविधा खोजेको आरोप लगाउँदै जबसम्म हमास सम्झौताको सबै तत्वलाई स्वीकार गर्दैन, तबसम्म मन्त्रिपरिषद बैठक नबोलाउने अडान लिएको छ ।
हमासले भने बन्दी रिहाइ र युद्धविराम सम्झौतालाई मान्यता दिइसकेको जनाएको छ । हमासले सम्झौता अन्तर्गत प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्ने सूचीमा आफ्ना केही सदस्यहरूको नाम थप्ने प्रयास गरिरहेको प्रधानमन्त्री नेतन्याहुको आरोप छ ।
महिनौँदेखिको वार्ता तथा छलफलपछि इजरायली वार्ताकारहरु युद्धविरामको सम्झौतामा सहमत भएका हुन् । पर्सि आइतवारदेखि युद्धविराम पूर्णरुपमा लागू हुने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।