देशका धेरै ठाउँको मौसम सफा : तापक्रम बढ्न थाल्यो
फागुन २१, २०८१ बुधबार
राधा ढुङ्गाना
काठमाण्डाै – यस वर्ष पनि सरकारले तोकेको समयभित्र उखु किसानले पूरै भुक्तानी पाएका छैनन् । अघिल्लो वर्ष आन्दोलनपछि सरकारसँग भएको सहमतिअनुसार भुक्तानी नपाएका किसान यस वर्ष पनि काठमाण्डौ आएर दुई हप्तासम्म धर्ना दिएका थिए ।
किसानको धर्नापछि गएकाे पुस १३ गते सरकारले २१ दिनभित्र भुक्तानी गराउने सहमति त गर्याे तर समय सीमाभित्र किसानले पूरै भुक्तानी पाउन सकेनन् । २१ दिने समय सीमा सकिएको दिन साेमबार (आज) सम्म चिनी उद्योगले उखु किसानको ५१ करोड ३८ लाख बक्यौता भुक्तानी दिएकाे गृह मन्त्रालयले जनाएको छ । किसानले पाउनुपर्ने ७० करोड ५७ लाख बक्यौतामध्ये ५१ करोड ३८ लाख रुपैयाँमात्र भुक्तानी भएको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । यो किसानले पाउनुपर्ने रकमको ७२ प्रतिशत हो ।
लुम्बिनी चीनी उद्योग प्रालीले आठ करोड ४१ लाख बक्यौता भुक्तानी गर्नुपर्नेमा साेमबारसम्म चार करोड १६ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । यस्तै १७ करोड दिनुपर्ने अन्नपूर्ण सुगर मिलले ११ करोड ४७ लाख भुक्तानी गरेको छ । ४० करोड ४६ लाख बक्यौता रहेको श्रीराम सुगर मिलले ३५ करोड ७५ लाख भुक्तानी गरेको छ । चार करोड ७० लाख रुपैयाँ भुक्तानी दिनुपर्ने इन्दिरा सुगर मिलले अहिलेसम्म भुक्तानी नदिएको गृह मन्त्रालयका सूचना अधिकारी लामिछानेले बताउनुभयो ।
उखु किसानले भने आफूहरूको ९० करोड रुपैयाँभन्दा धेरै बक्यौता रहेको बताउँदै आएका छन् । सबैजसो किसानको खातामा रकम पुगेको भए पनि भुक्तानी पूरै नभएको उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो । भुक्तानी दिएकाहरूकाे पनि नाम र विवरण स्पष्ट नखुलेको उहाँले बताउनुभयो ।
सरकारले पूरै बक्यौता भुक्तानी गराउने सहमति गरे पनि त्यो पूरा नभएपछि अब के गर्ने भनेर मङ्गलबार (भोलि) उखु किसानहरूको बैठक बस्ने तयारी रहेको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।