च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शासन गर्ने वैधानिकता सकिएको बताउनुभएको छ ।
बुधबार काठमाण्डाैमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता थापाले नेकपाले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताउनुभएको हो । नेकपाले चुनावबाट प्राप्त जनादेश गुमाएको उहाँको भनाइ छ । जनादेश गुमाउँदा राजनीतिक निष्ठाका आधारमा नागरिकसँग क्षमा माग्नुपर्ने भए पनि दुवै पक्षले क्षमा नमागेको उहाँले बताउनुभयो ।
नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधानअनुसार सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो । कम्युनिस्टकाे अधिनायकवादी र सर्वसत्तावादी चेतनाका कारण प्रतिनिधि सभा विघटन भएको उहाँको भनाइ छ । यसको सम्पूर्ण अपजस नेकपाले बोक्नुपर्ने उहाँले बताउनुभयो ।
नेता लेखकले नेपाली कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भूमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे चुनावमा सहभागी हुने बताउनुभयो । पुनर्स्थापना पनि नहुने र चुनाव पनि नहुने अवस्थामा नेपाली कांग्रेस आन्दोलनमार्फत संविधानलाई ट्र्याकमा ल्याउन तयार रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।