रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – इजरायलमा नेपाली श्रमिकले पनि स्थानीय श्रमिकसरह सेवा सुविधा पाउने भएका छन् ।
नेपाल र इजराजयबीच भएको श्रम सम्झौताको ‘इम्प्लिमेन्टेशन प्रोटोकल’मा हस्ताक्षर गर्दै नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले नेपालबाट इजरायल जाने श्रमिकलाई कुनै पनि भेदभाव नगर्ने र इजरायलका नागरिकसरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताउनुभएको हो । नेपाली श्रमिक लैजानका लागि नेपाल र इजरायलबीच गएको असोज १४ गते श्रम सम्झौता भएको थियो । सम्झौता अन्तर्गत नै आज बिहीबार इम्प्लिमेन्टेशन प्रोटोकलमा हस्ताक्षर भएको छ ।
नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गर्नुभएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले महामारीकै बीचमा पनि नेपाल र इजरायलबीच भएको श्रम सम्झौताले नेपाली नागरिकले इजरायलमा रोजगारीको अवसर पाउने भन्दै खुसी व्यक्त गर्नुभयो ।
इजरायल जाने नेपालीका लागि आन्तरिक कार्यविधि पनि छिट्टै बनाउने विभागका महानिर्देशक कुमार दहालको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Chandan
Jan. 21, 2021, 8:26 p.m.Congratulation very good