१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गरेको बारेमा राजपत्रमा छापिएको सूचना माग गरेको छ ।
बिहीवार बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटन गरिएको सूचना राजपत्रमा प्रकाशन नभएको हुनाले विघटनको सूचना अनधिकृत भएको बताउनुभयो भने अधिवक्ता टीकाराम भट्टराईले पनि राजपत्रमा प्रतिनिधि सभा विघटनको सूचना प्रकाशित नभएको बताउनुभयो ।
अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा पुनर्स्थापना गरेर राजा ज्ञानेन्द्रले जस्तै नागरिककाे नासो नागरिकलाई फर्काउन सक्ने पनि बताउनुभयो ।
रिट निवेदकका तर्फबाट राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएपछि संवैधानिक इजलासले राजपत्रमा छ कि छैन ? भनेर सरकारी पक्षलाई सोधेको थियो । तर महान्यायाधिवक्ता कार्यालयका अधिकारीले यसबारेमा जवाफ दिन नसकेपछि इजलासले राजपत्रमा छापिएको सूचना ल्याउन भनेको हो ।
बहसका क्रममा अधिवक्ता टीकाराम भट्टराईले इजलासमा प्रश्न र बहसको पनि स्तरीयता हुने भन्दै इजलासले संसदमा के हुन्छ, केपी ओली पदमा कायम हुने कि नहुने जस्ता विषयमा चासो राख्न नहुने बताउनुभयो ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथि गएकाे आइतवारदेखि संवैधानिक इजलासमा नियमित बहस भइरहेको छ । बिहीवार पाँचाैँ दिनकाे सुनुवाइ पनि हेर्दाहेर्दैमा राखिएको छ । सुनुवाइ हुँदा हुँदै समय अभावका कारण हेर्दाहेर्दैमा शुक्रबारका लागि तय भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।