ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भगौडा भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार आफ्नाे समूहकाे केन्द्रीय सङ्घर्ष समितिले प्रतिनिधि सभा विघटनको विराेधमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओली नेकपाको भगौडा भएको टिप्पणी गर्नुभएको हो । नेकपा क्रान्ति र प्रतिक्रान्तिको विभिन्न श्रृङ्खला पार गर्दै ७१ वर्ष पार गरेको स्मरण गर्दै उहाँले केपी ओली कम्युनिस्ट आन्दोलनभित्रको घातक तत्त्व रहेको बताउनुभयो । ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उहाँको भनाइ छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको उहाँले बताउनुभयो ।
नेकपा बलियो र सुदृढ भएको भन्दै सुदृढ पार्टीमा गलत मान्छे बस्न नसक्ने र ओलीले प्रतिगमन गरेका कारण पार्टीबाट आफै भाग्नुपर्ने अवस्था आएको नेता खनालकाे भनाइ छ ।
वरिष्ठ नेता खनालले प्रतिनिधि सभा विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्ने गरेको भन्दै यो राजनीतिक कदम नभइ प्रतिगमनकारी कदम भएको बताउनुभयो । प्रधानमन्त्रीले संविधानअनुसार चल्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले नागरिकले स्थिरताका लागि दिएको जनादेशविरुद्ध आक्रमण गरेको तथा संविधानलाई च्यातेर ध्वंसको थालनी गरेको नेता खनालकाे भनाइ छ । उहाँले नागरिक कतातिर छन् भनेर सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।
वरिष्ठ नेता खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधानबाहिर गएर कुनै व्याख्या विश्लेषण गर्न नमिल्ने बताउनुभयो । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । त्यसैगरी निर्वाचन आयोग पनि प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपालाई नै आधिकारिक पार्टी भन्न बाध्य हुने उहाँले बताउनुभयो ।
उहाँले प्रतिगमन नसच्चिएसम्म र केपी ओलीले घुँडा नटेकेसम्म कफन बाँधेर सडकमा उत्रिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।