ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सप्तरी – नेपाल टेलिकमको बीटीएस साइट (टावर) मा लाखौँ रुपैयाँ बराबरको सामान लगेर बेच्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सामान लगेर बेच्ने कार्यमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । सिरहाको लहान नगरपालिका १३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, त्यही नगरपालिका ३ ढगराहाका ३५ वर्षीय सूर्यनारायण महतो, ३५ वर्षीय पवन जैसवाल र गोलबजार नगरपालिका ४ का ४१ वर्षीय दीपक अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै गएकाे पुस २३ गते बिहान सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियामा रहेको नेपाल टेलिकमको जीएसएम टावरमा प्रयोग भएको झण्डै १० लाख मूल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केबल २५ मिटर लगेका थिए । अन्य तीन जना भने उनलाई ती सामान निकाल्नेदेखि खरिद–बिक्री गर्नमा सहयोग रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयाे ।
घटनापछि टेलिकमबाट आएको निवेदनअनुसार अनुसन्धान गर्ने क्रममा सीसीटिभी, स्थानीयको बयान र टेलिकमको सहयोगमा गएकाे मङ्गलबार उनीहरूलाई पक्राउ गरिएको हाे । उनीहरूको साथबाट लुट्न प्रयोग गरिएको ना ४ ख ७२४६ नम्रबको मिनी ट्रक, सात वटा ब्याट्री बरामद गरिएको र अन्य १७ वटा ब्याट्री भारततर्फ पठाइसकेको एसपी धमलाले बताउनुभयो ।
पक्राउ परेकाहरूमाथि डाँकासम्बन्धी मुद्दामा १० दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।