काठमाण्डाैको दक्षिणकालीमा ट्रक पल्टिँदा चालक र सह–चालकको ज्यान गयो

 माघ १४, २०७७ बुधबार ७:४७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको ज्यान गएको छ ।

थाहाखेलबाट फर्पिङका लागि छुटेको बा ३ ख ६१ ९९ नम्बरको ट्रक पल्टिँदा चालक मकवानपुरको थाहा नगरपालिका ४ बज्रबाराहीका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाण्डाैको दक्षिणकाली बस्ने गोमबहादुर बुढाको ज्यान गएको हो ।

दुवै जनाको काठमाण्डाैको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्रक सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया