खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढे पनि उपभोक्ताका ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
एमसीसी बारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताउनु भएको छ । परियोजनाको राजनीतिक पक्ष जे जस्तो भए पनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
यस्तै उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेश भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको बताउनुभयो । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवस्यक पर्ने देखिएको पनि बताउनुभयो ।
उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेश नगरेको पनि स्पष्ट पार्नु भएको छ । उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेश गरेको प्रष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।