अमेरिकी अर्बपति मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः ...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा, रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ ।
आइतबार आफ्नाे पक्ष निकट अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटा र निरङ्कुशतावादीहरूसँग साँठगाठ गरेर प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको हो ।
उहाँले देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूको इसारामा ठूलो डिजाइनअन्तर्गत नेपाली नागरिकलाई अपमानित गर्ने रणनीतिका साथ नागरिकले हासिल गरेका राजनीतिक उपलब्धिमाथि प्रहार गरिएको पनि बताउनुभयो ।
अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिको रक्षाका लागि फेरि जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको दाबी गर्नुभयाे ।
त्यसैगरि बैठकलाई सम्बोधन गर्दै प्रचण्ड–माधव पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफूतिर मान्छे तान्न भए भरको शक्ति लगाएको बताउनुभयो । ओलीले भए भरको शक्ति लगाएर मान्छे आफूतर्फ तान्ने प्रयास गरेको भए पनि धेरै नेताहरूले अस्वीकार गरेको उहाँको भनाइ छ ।
प्रतिनिधि सभा पुनर्स्थापना भए ओली पक्षका २० जना नेताले आफूहरूलाई साथ दिने वचन दिएको पनि नेता नेपालले बताउनुभयो ।
अध्यक्षद्वय प्रचण्ड–माधवले पार्टीले गर्ने विरोध सभामा किसानहरूको तर्फबाट उल्लेख्य सहभागिता जनाउन तथा आफ्नो पक्षमा नेता कार्यकर्तालाई राखिरहन निर्देशन पनि दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dipen
Jan. 31, 2021, 7:04 p.m.विदेशी गुहार्न त पुगेकै थियौं , तर पत्याएनन्। मल पनि नदिने तिमी नै हौ किसान लाई ।