सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास सुरु गरेको छ ।
उनीहरुलाई मूलधारको राजनीतिमा ल्याएर शान्तिपूर्ण वातावरणमा अवतरण गराउने उद्देश्यसहित पछिल्ला प्रयासहरु भइरहेका खानेपानीमन्त्री मणि थापाले बताउनुभयो ।
केही दिनअघि आफूले नख्खु कारागारमा विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीसँग कुराकानी भएको भन्दै उहाँले मूलधारमा आएर प्रतिस्पर्धात्मक राजनीति गर्नुको विकल्प नै नरहेको बताउनुभयो । अबको चुनावमा सबै राजनीतिक दलहरुलाई सहभागी गराउने उदेश्य अनुरुप विप्लव समूहका नेताहरुसँग कुराकानी भइरहेको मन्त्री थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
नख्खु जेलमा भएको भेटमा नेता ओलीले मूलधारमा आउने ढोका खोलिदिन सरकारसँग आग्रह गर्नुभएको मन्त्री थापाको भनाइ छ । मूलधारमा ल्याउने वातावरण बनाएर सरकारले अभिभावकत्व ग्रहण गर्न खोजेको भन्दै उहाँले भूमिगत शक्तिहरुलाई मूलधारमा ल्याउन खोजिएको बताउनुभयो ।
सरकारले गएको २०७५ सालको फागुन १५ गते विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । यसअघि पनि विप्लव समूहलाई मूलधारमा ल्याउन वार्ता गर्ने भन्दै सरकारले वार्ता सीमित बनाएको थियो । तर त्यो समिति विप्लव समूहलाई वार्तामा ल्याउन सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।