ट्रम्पलाई कुटनीतिक जानकारी दिनु हुँदैन : अमेरिकी राष्ट्रपति बाइडेन

 माघ २४, २०७७ शनिबार १५:१०:५१ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन नहुने बताउनुभएको छ । ट्रम्पको अस्थिर व्यवहारका कारण महत्वपूर्ण कुटनीतिक सूचनामा ट्रम्पको पहुँच हुन नहुने पक्षमा आफू रहेको राष्ट्रपति बाइडेनले बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकामा पूर्व राष्ट्रपतिलाई समेत राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा छ । तर ट्रम्पको अस्थिर र अनिश्चित व्यवहारका कारण त्यो परम्परा तोड्नुपर्ने पक्षमा रहेको बाइडेनले बताउनुभएको छ । ट्रम्पसम्म पुग्ने सूचना अन्तै जाँदैन भन्नेमा ढुक्क हुन सक्ने आधार नभएकाले कुटनीतिक सूचनामा पहुँच दिन नहुँने उहाँको तर्क छ ।

आफ्नो कार्यकालमा कुटनीतिक क्षेत्रमा तनावपूर्ण सम्बन्ध राखेका ट्रम्पले चार वर्षमै ६ जना राष्ट्रिय कुटनीतिक निर्देशक परिवर्तन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय कुटनीतिमा समेत अस्थिर देखिएका ट्रम्पमा बाइडेनले अस्थिर व्यवहारको खतरा देख्नुभएको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया