च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं, वैशाख २० – नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको मिति नै तोक्ने गरि गृहकार्य गरिरहेको बताएका छन् ।
विहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै डेढ घण्टा छलफल भएको हो । छलफल सकारात्मक भएको र दुई अध्यक्षले पार्टी एकताको मिति नै तोक्नेगरि गृहकार्य गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले बताउनुभयो । विहीबारको छलफल निर्णायक हुने भनिए पनि केही विषयमा अझै कुरा मिल्न सकेको छैन ।
गएको ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन दुई पार्टीको एकता हुने घोषणा गरिए पनि माओवादीले नयाँ पार्टीमा दुवै पार्टीका आधाआधा केन्द्रीय सदस्य हुनुपर्ने, विधानमा जनयुद्ध शब्द राख्नैपर्नेलगायत माग गरेपछि एकता हुन सकेको छैन । दुवै पार्टीले यी विषयमा कुरा मिलाउने जिम्मा पार्टी अध्यक्षलाई दिएपछि शीर्ष तहमा वार्ता भइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।