इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको पहिलो खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सात–एक गोलले हरायो । वालिङको लागि विदेशी खेलाडी मेथो रुथले पाँच गोल गरिन् । यस्तै टौटा ओरनेला नोइलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काइन् ।
यो जितसँगै वालिङ १८ अङ्कका साथ तेस्रो स्थानमा पुगेको छ । चौदण्डीगढीले अहिलेसम्म नौ खेलमा एक अङ्क पनि जोड्न सकेको छैन ।
बिहीवारको आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई सात–शून्य गोलले हराएको छ । आर्मीका लागि शर्मिला थापा र विमला विकले दुई/दुई तथा सपना लामा, विमला चौधरी र रश्मी घिसिङले एक/एक गोल गरे । यो जितसँगै आर्मीको २२ अङ्क भएको छ । विराटनगर भने १० अङ्कका साथ पाँचौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।