नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
संखुवासभा – संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबेसीमा शुक्रबार टिप्परको ठक्करबाट स्थानीयकाे ज्यान गएपछि अरुण तेस्रोको ड्यामसाइट क्षेत्र तनावग्रस्त बनेको छ ।
२३ प ४८१५ नम्बरको मोटरसाइकलमा सवार खड्गबहादुर राई र उहाँकी श्रीमती प्रेमकुमारी राईलाई अरुण तेस्रो जलविद्युत परियोजनाको टिप्परले ठक्कर दिएको थियो । ठक्करबाट सामान्य घाइते हुनुभएका खड्गबहादुरलाई टिप्पर पछाडि गरेर किचेर मारेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकी प्रेमकुमारीलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ । उहाँको काठमाण्डौको चाबहिलमा रहेको हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पर चालक काभ्रेको नवोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडित पक्षले क्षतिपूर्ति बिना लाश नउठाउने माग राख्दै शनिबार दोस्रो दिन पनि अरुण तेस्रो ड्यामसाइटमा आन्दोलन जारी राखेका छन् ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले पीडितपक्ष र अरुण तेस्रोका कर्मचारीसँग वार्ता गरेर समस्याको निकास निकालिने बताउनुभएको छ । वार्ताका लागि सदरमुकाम खाँदबारीबाट सहायक प्रजिअ मोहनमणि घिमिरे र अरुण तेस्रोका कर्मचारीकाे टोली ड्यामसाइट तर्फ गएकाे छ ।
बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना संखुवासभामा निर्माणधीन रहेको छ । सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने गरि काम अघि बढिरहेको छ । अरुण तेस्रो जलविद्युत्त परियोजना भारतीय सतलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।