अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – काेभिड–१९ (कोरोना भाइरस) को उत्पत्तिबारे चीनमा अध्ययन गरिरहेको विश्व स्वास्थ्य सङ्गठनको टोली (डब्ल्यूएचओ) लाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको छ । कोरोनाको उद्गमस्थल मानिएको वुहानमा स्थलगत अध्ययन गरिरहेको डब्ल्यूएचओ टोलीलाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
अनुसन्धान टोलीमा रहेका एक सदस्यका अनुसार अनुसन्धान टोलीले चीनसँग सन् २०१९ को डिसेम्बरमा वुहानमा पुष्टि भएका एक सय ७४ जना सङ्क्रमितको प्रारम्भिक पूर्ण तथ्याङ्क माग गरेको थियो । तर चीनले पूर्ण प्रारम्भिक तथ्याङ्कको साटाे संक्षिप्त विवरण मात्रै दिएको छ । चीनले आफू डब्ल्यूएचओसँग पारदर्शी रहेको दाबी गर्दै आएको भए पनि पछिल्लो आरोपबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
तथ्याङ्क नदिएको कुरा सार्वजनिक भएपछि अमेरिकाले महामारीको प्रारम्भिक चरणको तथ्याङ्क उपलब्ध नगराउनु गम्भीर चासोको विषय भन्दै तथ्याङ्क उपलब्ध गराउन चीनलाई सुझाव दिएको छ ।
अघिल्लो हप्ता डब्ल्यूएचओको टोलीले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा फैलिएको सम्भावना नरहेको निष्कर्ष सार्वजनिक गरेको थियो । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको सङ्क्रमण पछिल्लो एक वर्षदेखि विश्वभर महामारीका रूपमा फैलिएको छ ।
अहिलेसम्म विश्वभर १० कराेड ९१ लाखभन्दा धेरै जनामा काेराेना पुष्टि भएकाेमा आठ कराेड ११ लाखभन्दा धेरै जना निकाे भएकाे वर्ल्डाेमिटरले जनाएकाे छ । त्यस्तै सङ्क्रमितमध्ये २४ लाखभन्दा धेरैकाे ज्यान गएकाे छ ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसविरुद्ध खोप तयार भएर अहिले विश्वका धेरै देशमा खोप अभियान चलिरहेको छ । लामो लकडाउन तथा प्रतिबन्धहरू झेल्न बाध्य बनाएको कोरोना महामारीको प्रभाव अहिले सामान्य बन्दै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।