उत्तराखण्ड : हिमपहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुग्याे

 फागुन २, २०७७ आइतबार २०:२३:४२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतको उत्तराखण्डमा हिमपहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको छ । उत्तराखण्डको चमोली जिल्लाको तपोवन सुरुङमा थप १२ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारकर्ताकाे टाेलीले सुरुङमा फसेकाहरूलाई अझै बचाउने आश रहेकाे बताएका छन् । यस सुरुङमा ३२ जना कामदार अझै पनि फसेकाे हुन सक्ने आशङ्का गरिएकाे छ । 

बाढीमा परेर अझै एक सय ५० भन्दा धेरै हराइरहेको अधिकारीहरूले बताएका छन् । 

उत्तराखण्डमा गएको माघ २५ गते हिमपहिरोपछि बाढी आएको थियो । बाढीले चार वटा जलविद्युत् आयोजनामा क्षती गर्नुको साथै १३ वटा भन्दा धेरै गाउँमा क्षति पुर्‍याएको थियो ।   

हिमनदी विस्फोटका कारण पुल भत्किएपछि चमोली जिल्लाका १३ गाउँ अलग भएको बताइएको छ । ती गाउँका मानिसहरूलाई उद्धार गर्ने काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन् । 

अचानक आउने बाढी पहिरोको उच्च जोखिममा पर्ने पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्डमा सन् २०१३ को जुन महिनामा ठूलो वर्षापछि आएको बाढीका कारण झण्डै ६ हजार मानिसको ज्यान गएको थियो ।  

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया