उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लव फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् ।
नयाँ सिजनको उद्घाटन खेलमा युभेन्टसले किएभो भेरोनासँग खेलिरहेको छ । भेरोनाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ चलिरहँदा युभेन्टस एक शून्यले अगाडि रहेको छ । खेल सुरु भएको तेस्रो मिनेटमै युभेन्टसका लागि सामी खेदिराले गोल गरेका हुन् ।
रोनाल्डोलाई क्लबमा भित्र्याएपछि झन बलियो मानिएको युभेन्टसविरुद्ध भेरोना पनि आश्चर्यजनक नतिजा निकाल्ने दाउमा छ ।
युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई कीर्तिमानी ९८ मिलियन पाउन्डमा भित्र्याएको हो । रोनाल्डोकै कारण चर्चाको शिखरमा पुगेको सिरी ए फुटबलमा पनि रोनाल्डोले आफ्नो प्रभाव कायम राख्ने सक्नेछ ।
रोनाल्डोले सिरी एमा डेब्यू गर्दै गर्दा फुटबलका सर्वकालीन महान खेलाडी पेलेले रोनाल्डोलाई शुभकामना व्यक्त गरेका छन् ।
Good luck, Cristiano, for your first game with @juventusfc. In '61, Fiat's owner offered to buy me but these are the only stripes for Pelé ! / Boa sorte, @Cristiano, no seu primeiro jogo na Juventus. Em 61, o dono da Fiat tentou me levar, mas essas são as únicas listras pro Pelé! pic.twitter.com/W81OPW5RyM
— Pelé (@Pele) 18 August 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।