अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको नजरबन्द समय दुई दिन थप गरेको छ । जनवरी १ तारिखको बिहानै सैन्य 'कू' गरेर सत्ता हातमा लिएको सेनाले सुकीसहितका नेताहरूलाई १५ दिनको नजरबन्दमा राखेकोमा साेमवार दुई दिनको समय थपेको बीबीसीले जनाएको छ ।
सैन्य 'कू' को विरोधमा म्यानमारमा दिनहुँ प्रदर्शन भइरहेका छन् । आम नागरिकसँगै भिक्षु तथा पेसाकर्मीहरूसमेत प्रदर्शनमा निस्किएपछि सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ । सेनाले प्रदर्शनमा सहभागी हुनेहरूलाई घृणा फैलाउने काम गरेमा २० वर्षसम्म जेल हाल्ने चेतावनीसमेत दिएको छ ।
जनप्रदर्शनलाई रोक्नका लागि मुख्य सहरहरूमा सेनाले बाक्लो सङ्ख्यामा बख्तरबन्द गाडी उतारेकाे छ । पछिल्लो जनप्रदर्शन म्यानमारमा दशकयताकै ठूलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
म्यानमार सेनाले इन्टरनेट सेवाको अवरोध भने आठ घण्टापछि हटाएको छ । सरकारी कर्मचारीको हड्ताल र मुख्य सहरमा जनप्रदर्शनपछि सेनाले इन्टरनेट सेवा बन्द गराएको थियो ।
सैन्य सरकारकाे विराेधमा म्यानमारमा गएकाे १० दिनदेखि नागरिकहरूले प्रदर्शन गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।