उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - म्यानमारमा सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट पीडित हुन थालेपछि नागरिकहरूले रातभरि गस्ती गर्न थालेका छन् ।
स्थानीय व्यक्तिहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि राति गस्ती गर्न थालेको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका छन् । रातको समयमा पक्राउ गर्ने क्रमसमेत बढेपछि एनएलडीले यसअघि नै रातिको समयमा पक्राउ नगर्न आग्रह गरेको थियो ।
सेनाले नेतृ आङ सान सुकीसहितलाई नजरबन्दमा राखेर सत्ता कब्जा गरेपछि बनेको सैनिक सरकारले सयाैँ मानिसहरूलाई बन्दी बनाएको छ । सैन्य 'कू' को विरोधमा भइरहेका प्रदर्शनलाई रोक्न सेनाले सहर तथा गाउँमा पसेर प्रभावशाली व्यक्तिलाई पक्राउ गर्न थालेको र यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन गरेको छ ।
सेनाले जेलमा रहेका कैदीहरूलाई रिहा गरी समुदायमा सैनिक सरकारको पक्षमा अभिमत सिर्जना गर्न पठाइएको चर्चापछि प्रजातन्त्र पक्षधर अभियान्ताहरु गस्तीमा निस्केका एनएलडीले बताएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।