अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् ।
डेब्यू खेलमा रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक जित हात पारेको छ । भेरोनाको घरेलु मैदानमा भएको खेलमा तेस्रो मिनेटमै युभेन्टसका लागि सामी खेदिराले गोल गरेका थिए। त्यसपछि खेलको ३८ औँ मिनेटमा भेरोनाका लागि स्टेपिन्स्कीले बराबरी गोल गरे ।
५६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै इम्मानुएल जियाचेरिनीले भेरोनाको अग्रता २–१ बनाए । तर खेलको ७५ औँ मिनेटमा भेरोनाका माटिया बानीको आत्मघाती गोलको सहयोगमा युभेन्टस खेलमा फर्कियो ।
खेलको अतिरिक्त समयमा फेडेरिको बर्नारदेस्चीले गोल गर्दै ३–२ ले युभेन्टसको जित सुनिश्चित गरे । योसँगै सिरी ए विजेता युभेन्टसले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई कीर्तिमानी ९८ मिलियन पाउन्डमा भित्र्याएको हो । रोनाल्डोकै कारण चर्चाको शिखरमा पुगेको सिरी ए फुटबलमा पनि रोनाल्डोले आफ्नो प्रभाव कायम राख्ने सक्नेछ ।
रोनाल्डोले सिरी एमा डेब्यू गर्दै गर्दा फुटबलका सर्वकालीन महान खेलाडी पेलेले रोनाल्डोलाई शुभकामना व्यक्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।