माल्दिभ्समा कोरोनाविरुद्धको खोप घरघरमै पुगेर दिइने

 फागुन ५, २०७७ बुधबार ६:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माल्दिभ्स सरकारले घरघरमा पुगेर कोरोना विरुद्धको खोप दिने भएको छ । कोरोना महामारी प्रभावित क्षेत्र तथा घरभन्दा टाढा पुगेर सेवा लिन नसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रित गरेर खोप उपलब्ध गराउने माल्दिभ्सको शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले जनाएको छ ।

लक्षित समुदायलाई मोबाइल खोप सेवा उपलब्ध गराउन लागिएको माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए), माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले पुष्टि गरेका छन् । सरकारको अभियानलाई सफल पार्न र खोप लगाउन नागरिकलाई आवश्यक जानकारी दिन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

खोप लगाएपछि हुने सम्भावित समस्यालाई ध्यानमा राखेर एम्बुलेन्समार्फत आकस्मिक सेवा समेत दिने गरी तयारी गरिएको खबरमा उल्लेख छ । माल्दिभ्समा फेब्रुअरी १ देखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सुरु भएको हो । माल्दिभ्समा अहिलेसम्म प्राथमिकतामा परेका ४३ हजार ८ सय १७ जनाले खोप लगाएका छन् । खोप लगाएका धेरैजसो राजधानी माले तथा अन्य सहरी क्षेत्रका रहेका छन्

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया