मेक्सिकोमा ७ जना फुटबल खेलाडी संयुक्त रूपमा ५७ वर्षका लागि न...
फागुन ४, २०८१ आइतबार
मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक पालिकामा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएकाे छ ।
हेटौँडामा भूकम्पका कारण पूर्णरूपमा क्षति भइ पुनर्निर्माण हुन लागेको महेन्द्र माध्यमिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिन सके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रूपमा नभइ दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रूपमा बुझाउन सकिने धारणा राख्नुभयो ।
विद्यालयले ज्ञानसँगै सीपसमेत दिन सक्नुपर्ने उहाँको भनाइ छ । पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिन सक्नुपर्ने मुख्यमन्त्री पाैडेलले बताउनुभयो । प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउने भन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यक पर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्ने पौडेलको भनाइ छ ।
कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले पदम पोखरी क्षेत्रको विकासमा प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले खेलेको भूमिका उल्लेखनीय रहेको दाबी गर्नुभयाे ।
पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ विद्यालय भवन पुनर्निर्माण भइरहेको बताउँदै अधिकांश भवनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले बिहीवारदेखि निर्माण प्रारम्भ भएको २१ कोठे भवन करबाहेक पाँच करोड ३५ लाख रुपैयाँमा सम्पन्न हुने गरी निर्माण कम्पनी शर्मा जेभीसँग सम्झौता गरिएको बताउनुभयो । सम्झौताअनुसार याे भवन २०२२ को अगस्ट ५ सम्ममा निर्माण गरिसक्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।