१८औं एसियाली खेलकुद: नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित

 भदौ ३, २०७५ आइतबार १७:४९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

१८औं एसियाली खेलकुद अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा पनि पराजय व्यहोरेको छ ।

सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल जितबिहीन हुँदै घर फर्कियो ।

इण्डोनेशियाको बेकासीमा रहेकाे प्याट्रियट्स चन्द्राबागा रंगशालामा खेलको १२औं मिनेटमै नेपालले उपहार गोलमार्फत अग्रता लिएको थियो । रोहित चन्दको प्रहार क्लियर गर्न लाग्दा पाकिस्तानका साहवाज योनासले आफ्नै पोष्टमा गोल गरेका थिए ।

पहिलो हाफमा लिएको अग्रता नेपालले जोगाउन सकेन । ५४औं मिनेटमा मोहम्मद विलालले गोल गरी खेल बराबरीमा ल्याए । ७२औं मिनेटमा पाकिस्तानले पेनाल्टी पायो । नेपाली कप्तान किरण चेम्जोङलाई छक्याउँदै पाकिस्तानका सद्धाम हुसेनले गोल गरी अग्रता दिलाए ।

त्यसयता गोल हुन सकेन र नेपाल तेस्रो खेलमा पनि पराजित भयो ।

एसियाड अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह डीमा परेकोमा पहिलो खेल जापानसँग १–० ले हारेको थियो भने दोस्रो खेलमा भियातनामसँग पनि ३–० ले हारेको थियो । पाकिस्तानलाई हराउँदै समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा पुग्ने नेपालको सम्भावना पनि यो हारसँगै सकिएको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया