अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिकाको संसद् भवन क्षेत्र (क्यापिटल हिल्स) मा हुन सक्ने सम्भावित हिंसात्मक घटनालाई ध्यान दिएर राजधानी वाशिङ्टनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वराष्ट्रपति ट्रम्प समर्थकहरूले हिंसात्मक गतिविधि गर्ने सम्भावनाका आधारमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बीबीसीले जनाएको छ ।
मिलिसिया ग्रुपहरूले बिहीवार राजधानी वाशिङ्टनमा प्रदर्शन गर्ने योजना बनाएको र यसमा हिंसात्मक गतिविधि पनि हुने गुप्तचरको सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएकाे सुरक्षा निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाको तल्लो सदन 'हाउस अफ रेप्रिजेनटेटिभ' को बिहीवारकाे बैठक पनि स्थगित गरिएको छ । माथिल्लो सदन सिनेटको काम भने रोकिएको छैन ।
ट्रम्पका समर्थकहरूले गएको जनवरी ६ मा संसद् भवनमा हिंसात्मक आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको ज्यान गएको थियो । ट्रम्प र ट्रम्पका समर्थकहरूले गएको नोभेम्बरमा भएको चुनावमा जो बाइडेन विजयी नभएको र ट्रम्पबाट नतिजा चोरी भएको दाबी गर्दै आएका छन् ।
जनवरी ६ को हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा महाभियोग खेपेका ट्रम्पको महाअभियोग भने पारित भएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।