हरेक वर्ष विश्वभर खेर जान्छ ९० करोड टन खानेकुरा

 फागुन २४, २०७७ सोमबार १२:९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वभर हरेक वर्ष ९० करोड टन खानेकुरा खेर जाने गरेको पाइएको छ ।

विश्वव्यापी एउटा प्रतिवेदनअनुसार हरेक वर्ष ९० करोड टन खाद्यान्न फ्याँक्ने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुरेन्टमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सिधै फोहर फालिने भाँडोमा जाने गरेको देखाएको बीबीसीले जनाएको छ ।

यसमध्ये झण्डै ६० प्रतिशत घरबाट निस्किन्छ । राष्ट्रसङ्घको साझेदार सङ्गठन कार्यक्रमको प्रतिवेदनले विश्वव्यापी समस्यालाई उजागर गरेको छ जुन पहिले अनुमान गरेभन्दा धेरै ठूलो छ । न्यून र उच्च आय भएका देशहरूबीच कुन तहमा यो समस्या फरक छ भन्ने कुरा खुट्याउन भने नसकिने अवस्था रहेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनमा मानिसले थप सावधानीपूर्वक खाना र किनमेलबारेको योजना बनाउन थालेको उल्लेख गरेको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया