जलीय जैविक विविधता संरक्षणका लागि समुदायलाई नदी हस्तान्तरण

 चैत १, २०७७ आइतबार १७:२५:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – देउखुरीको राप्ती गाउँपालिकाकाले जलीय जैविक विविधता संरक्षणका लागि दोलाइ खोला समुदायलाई हस्तान्तरण गरेको छ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा दोलाइ खोलामा जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायसँग परामर्श गरी जलीय जैविक विविधता संरक्षण गर्दै आएको बैखा संरक्षण समूहलाई नदी हस्तान्तरण गरिएको हो ।

बैखा संरक्षण समूहलाई राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सचिव कुमार राज श्रेष्ठ, कार्यक्रम संयोजक प्रदीप मजगैयालगायतले नदी संरक्षणका लागि स्वीकृतिसहित प्रमाणपत्र प्रदान गरेका छन् । 

राप्ती गाउँपालिका ५ मा रहेकाे दोलाइ खोलाको ७६ हेक्टर क्षेत्रमा असुरक्षित माछा मार्ने कार्यको पूर्णरूपले रोक लगाउँदै जलीय जैविक जीवको संरक्षण गर्ने उद्देश्यका साथ समुदायलाई नदी हस्तान्तरण गरिएको हो ।

राप्ती गाउँपालिकाले जलचर एवम् जलीय जैविक विविधता संरक्षण ऐन २०७५ पास गरी ऐनअनुसार राप्ती गाउँपालिका क्षेत्रका असङ्ख्य नदी, खाेला तथा कुला कुन्टाहरूमा प्राकृतिक रूपमा माछा तथा जलीय जैविक विविधताको संरक्षण गर्न स्थानीय राजपत्रमा समेत ऐन प्रकाशन गरिसकेको छ ।

देउखुरी क्षेत्रका पालिका क्षेत्रमा रहेको नदी, खोलामा जलीय जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदी तथा खोला समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको मानव कल्याणका कार्यक्रम प्रबन्धक प्रदीप मजगैयाले बताउनुभयाे । 

जलचर एवम् जलीय जैविक विविधता संरक्षण ऐन पास गरी समुदायले संरक्षण गरेको नदी समुदायलाई भोगाधिकार दिन सकिने व्यवस्था गरेको छ ।

संस्थाले राप्ती नदीको जलीय जैविक विविधताका चुनौतीलाई न्यूनीकरण गर्ने दिगो तरिकाले माछाको उपयोग गरी विनाशकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाइने स्रोतको सुधार तथा व्यवस्थापन गर्नका लागि देउखुरी उपत्यकाका विभिन्न पालिकामा नाै समूहसमेत गठन गरी संरक्षणको अभियानलाई तीव्रता दिँदै आएको समेत फिल्ड संयोजक राममोती चौधरीले जानकारी दिनुभयाे । 

देउखुरी क्षेत्रका सम्पूर्ण पालिका क्षेत्रमा रहेको नदी, खोलामा जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदी तथा खोला समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।   

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया