उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
आज विश्व मुख स्वास्थ्य दिवस हाे । हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।
मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अङ्गलाई बुझिन्छ । समयमै उचित ध्यान नदिदा दाँत तथा मुखका सामान्य समस्याले पनि जटिलता उत्पन्न गर्ने भएकाले मुख स्वास्थ्यप्रति सजग रहनुपर्ने डाक्टरहरु बताउँछन् ।
नेपालीले मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्यालाई सामान्य जस्तै मान्ने गरेको पाइन्छ । जसका कारण मुखका समस्याले शरीरका अन्य अङ्गमा पनि रोग लाग्ने गरेको डाक्टरहरु बताउँछन् । मुटुका रोग, रक्तचाप , मधुमेहलगायत ६० प्रतिशत रोग मुखको स्याहार नगर्दा लाग्ने गर्दछन् । दाँतको सरसफाइ गर्दा ७५ प्रतिशत दन्तरोग कम गर्न सकिने हुँदा मुख स्वास्थ्यमा विशेष ध्यान दिन डाक्टर अच्युत खनाल सुझाव दिनुहुन्छ ।
दाँतमा लाग्ने रोगहरु जस्तै, दाँत, गिजा, स्वास गन्हाउने समस्या हुनबाट जोगिन आफ्नो मुखलाई स्वस्थ बनाउनुपर्छ । यसको लागि मानिसको बानीव्यहारमा सुधार ल्याउन जरुरी छ । मुख स्वस्थ बनाउन मुख्यतः सही तरीकाले दाँत माझ्नुपर्छ । यसको लागि दिनको दुईपटक दुई/दुई मिनेट दाँत माझ्नुपर्छ । दाँतभित्र अड्किएका खानेकुराहरु निकाल्नुपर्छ । मुखको अरु भागहरु जस्तै, जिब्रो सफा गर्नुपर्छ । जिब्रोमा धेरै ब्याक्टेरिया बसेका हुन्छन् । मुखभित्र रहेका ब्याक्टेरियाले मुखमा सङ्क्रमण गराउने हुँदा जिब्रो राम्रोसँग सफा राख्नुपर्दछ ।
अर्को मुख्य ध्यान दिनुपर्ने कुरा भनेको खानेकुरा हो । स्वस्थ खानेकुरा खानुपर्दछ । भिटामिन सी भएका खानेकुराहरु जस्तै, गोलभेडा, कागती, फलफुल, सागपात, खानुपर्दछ । मुखलाई स्वस्थ राख्न भिटामिन बढी भएका खानेकुरा दूध, माछामासु, ग्रीन टी, फाइबर बढी भएका खानेकुराहरुमा जोड दिनुपर्ने डाक्टर अच्युत खनालको भनाइ छ । मानिसहरुलाई स्वास्थ्य सावधानीको लागि के गर्नुपर्छ भन्ने थाहा पाउँदा पाउँदै पनि हेलचेक्र्याइँ बढी हुने गरेको डा. खनाल बताउनुहुन्छ । यसबाट तत्काल असर नदेखिए पनि दीर्घकालीन् रुपमा पछि गएर समस्या देखिने गर्छ । तर मानिसहरुमा यस सम्बन्धी जानकारीको अभाव रहेको छ ।
मुखको कारणले गर्दा अन्य रोगहरु पनि लाग्ने हुन्छ । यस्तै पहिला कुनै रोग लागेको छ भने मुखमा समस्या हुँदा त्याे बल्झिन पनि सक्छ । जस्तै, मुखको रोग लागेको मान्छेलाई मुटु रोग लाग्ने संभावना अझै बढी हुन्छ । डा. खनाल भन्नुहुन्छ, “मुखको समस्या भएको व्यक्तिको मुटुको भल्ब बिग्रिने सम्भावना हुन्छ । त्यस्तै, हृदयघात हुने सम्भावना पनि बढी नै हुन्छ ।” मुखको समस्या भएका व्यक्तिहरुमा फोक्सोमा समस्या, स्वास गन्हाउने, दाँत सम्बन्धी राेग, निमोनिया जस्ता समस्या पनि देखिन सक्छ ।
डा. खनालका अनुसार पछिल्लो समय नेपालमा मधुमेह रोग लागिसकेको मान्छेमा मुखको समस्या देखिने गरेको छ । मुखमा अल्सर हुने, मुखको गिजाहरुमा समस्या देखिने जस्ता समस्या मधुमेह भएका व्यक्तिहरुमा बढि देखिन्छ । सामान्य व्यक्तिहरुले भन्दा पनि दीर्घरोगीहरुले मुख स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कतिपय व्यक्तिले मुखको समस्याले खाना राम्रोसँग खान पनि नसक्ने अवस्थामा पुगेको पाइन्छ । अनि खाना नसक्ने कारणले विभिन्न पोषणमा कमि हुने हुन्छ र हड्डी खिइने जस्ता समस्या पनि देखिने गर्छ । मुख स्वास्थ्यको समस्या बिस्तारै देखिने हुँदा तत्काल मानिसले हेलचेक्र्याइँ गर्ने गरेको पाइएकाले जनचेतना बढाउन आवश्यक रहेको डा. खनाल बताउनुहुन्छ ।
मुख स्वस्थ राख्नका लागि सरकारी पक्षबाट जनचेता जगाउनु मुख्य कुरा हो । त्यस्तै व्यक्तिगत रुपमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
–आफ्नो जीवनशैलि र खानपानमा ध्यान दिने
– धुम्रपान नगर्ने, मुख नियमित रुपमा सफा गर्ने गर्नुपर्छ ।
–बजारमा पाइने माउथ वास प्रयोग गरेर मुख सफा गर्ने
– सही तरिकारले माझ्ने ।
–धेरै चिसो तथा धेरै तातो खानेकुरा नखाने
दाँत माझ्ने सही तरिका थाहा नपाउँदा विभिन्न रोग लाग्ने गरेको छ । दाँत माझ्ने तरिकाका विषयमा जनचेतनाकाे आवश्यकता देखिन्छ । मानिसले दाँत त माझ्छन् तर दाँत किन माझ्ने र केका लागि माझ्ने भन्ने विषयको औचित्य पुष्टि गर्न सकेको हुँदैन । दाँत माझ्ने प्रक्रिया गलत हुँदा पनि मुख र दाँतको समस्या देखिने गरेको पाइन्छ ।
त्यसैले दाँत माझ्ने सही तरिका सिकाउन जरुरी छ । डा.खनाल भन्नुहुन्छ, 'पाठ्यक्रममा पनि यो विषय समावेश गर्न सके अझै प्रभावकारी हुने देखिन्छ । सबैभन्दा पहिले आफू सचेत हुनुपर्छ र सरकारी पक्षले पनि यसमा ध्यान दिन जरुरी छ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ढुङ्गाना उज्यालाेमा कार्यरत हुनुहुन्छ ।