काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधि उपचारको व्यवस्था गर्न तयार रहेको भारतले जनाएको छ ।
भारतका गृहमन्त्री अमित शाहले आफूहरु म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधिको व्यवस्था गर्न तयार रहेको तर अवैध घुसपैठलाई भने प्रोत्साहित गर्न नसक्ने प्रतिक्रिया दिनुभएको छ ।
म्यानमारमा दैनिकजसो हिंसात्मक प्रदर्शन भएसँगै त्यहाँका नागरिकहरु अवैध रुपमा भारत प्रवेश गरिरहेको भन्दै उहाँले अवैध प्रवेशलाई रोक्नुपर्ने तर भारत आएकाहरुलाई आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताउनुभएको हो ।
म्यानमारबाट आएका नागरिकहरुलाई खाना र स्वास्थ्यको समस्या भएको छ भने उनीहरुलाई शिविर स्थापना गर्न र आवश्यक सहयोग गर्न तयार रहेको गृहमन्त्री शाहको भनाइ छ । तर म्यानमारबाट अवैध घुसपैठ बढाउन भने भारत सरकार तयार नरहेको उहाँले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।