महाभारत जंगलको डढेलो निभाउन हेलिकाेप्टर परिचालन
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – चीनको शक्तिशाली कम्पनी अलिबाबाले सरकारलाई दुइ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना बुझाएको छ । एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा सरकारले तोकेको जरिवाना तिरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको झण्डै ४ प्रतिशत रकम जरिवानामा बुझाएको खबरमा उल्लेख छ । चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेशन फर मार्केट रेगुलेशनले गएको डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो ।
अलिबाबाले चिनियाँ सामाजिक सञ्जाल वेइपोमार्फत सरकारको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै लैजाने बताएको रोयटर्सले जनाएको छ । अलिबाबा चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टल हो । यो कम्पनी चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।
अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक माले गएको वर्ष चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उहाँ र उहाँका व्यवसाय सरकारी निकायहरुको तारो बनेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।