नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा महर्जन

 भदौ ६, २०७५ बुधबार १८:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - अखिल नेपाल फुटबल संघ एन्फाले बालगोपाल महर्जनलाई राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको छ । 

जापानी प्रशिक्षक ग्योतुको कोजीको श्रमस्वीकृति म्याद सकिएका कारण नेपाल नआउने भएपछि टिमको प्रशिक्षणको जिम्मा बालगोपाललाई दिइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बालगोपालले  सेप्टेम्बर ४ तारिखदेखि शुरुहुने  साफ च्याम्पियनसिप  फुटबल खेल्ने नेपाली टिमलाई प्रशिक्षण दिने छन् ।

बालगोपालले यसअघि  कोजी  मूख्य प्रशिक्षकहुँदा सहायक प्रशिक्षक भएर काम गरेका थिए । एसियाली खेलकूदका लागि  इण्डोनेसिया गएका कोजी उतैबाट घर   फर्किएका छन् ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • DIN DINESH Khadka

    Aug. 22, 2018, 10:38 p.m.

    महर्जन कै प्रशिक्षणमा U 19 साफ नेपालले जीतेको हो अब फेरि पालो आयो जस्तो छ तर नेपाली फूटबल इतिहासमा रोहित नफापेको अर्थात Unlucky जस्तो देखियो एक पटक विचार गरे हुने हो।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया