परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा काेराेना पुष्टि, एकै दिन सात हजारभन्दा धेरै सङ्क्रमित थपिए

 वैशाख १९, २०७८ आइतबार १६:४३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १६ हजार एक सय ४७ जनाकाे पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३  जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएकाे सङ्ख्या र सङ्क्रमण पुष्टि भएकाे सङ्ख्यालाई प्रतिशतमा हेर्ने हाे भने पछिल्लाे २४ घण्टामा परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा काेराेना पुष्टि भएकाे हाे ।

काठमाण्डौ उपत्यकामा आज तीन हजार पाँच सय ९५ जनामा सङ्क्रमण देखिएकाे छ । काठमाण्डौमा दुई हजार सात सय ८४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय एक जनामा सङ्क्रमण देखिएकाे हाे ।

यस्तै काेराेना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार तीन सय २५ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । याेसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ८३ हजार नाै सय ९४ पुगेकाे छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय सङ्क्रमित रहेकाेमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया