ओलीकाे विपक्षमा मतदान गर्ने माओवादी संसदीय दलकाे निर्णय

 वैशाख २७, २०७८ सोमबार १३:१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज (सोमवार) बिहान बसेको बैठकले सोमवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । 

त्यसैगरी कोभिड १९ सङ्क्रमणको महामारी भयावह बन्दै गरेको अवस्थामा नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको निष्कर्षका साथ तत्काल आवश्यक स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवन रक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । 

बैठकले विशेष गरेर आज प्रतिनिधि सभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारलाई कोभिड सङ्क्रमणबाट सर्वसाधारणको जीवन रक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो कुरा आज सदनमा सरकारको विश्वासको मत निर्णयार्थ प्रस्तुत हुदै छ ।  त्यसमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ । दोश्रो कुरा कोरोना नियन्त्रणका लागि सरकारले लापरवाही देखाएको छ । स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको अबिलम्ब छानविन गर्नुपर्छ र  दोषीमाथि कारवाही गर्नुपर्छ । स्वास्थ्य सामाग्रीहरु छिटो भन्दा छिटो आपुर्ति गर्नुपर्छ र महामारीमा सरकारले जनताको जीवन सुरक्षाको सुनिश्चिता गर्नुपर्छ भन्ने कुरा भएको छ ।’ 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया