इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – निषेधाज्ञा अवधिमा बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ । नेपाल बैंकर्स सङ्घले आज विज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैयाँभन्दा कम रकम निक्षेप नलिने जानकारी दिएको छ ।
थोरै रकम जम्मा गर्नका लागि बैंकमा भिड हुने गरेको भन्दै यस्तो निर्णय भएको सङ्घले जनाएको छ । बैंकर्स सङ्घले सकभर विद्युतीय कारोबार गर्न पनि ग्राहकलाई अनुरोध गरेको छ ।
यस्तै डिम्याट खाता खोल्ने काम पनि तत्कालका लागि रोकिएको सङ्घले जनाएको छ । यो निर्णय निषेधाज्ञा अवधिभरका लागि मात्रै भएको बैंकर्स सङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।