एमालेको विवाद मिलाउन बनेको कार्यदलले आजदेखि काम थाल्दै

 जेठ ३, २०७८ सोमबार ८:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलले आजदेखि काम थाल्दैछ ।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न थालेपछि विवाद मिलाउन कार्यदल बनेको हो । कार्यदलले आजदेखि काम थाल्ने ओलीपक्षका तर्फबाट कार्यदलको नेतृत्व गरेका नेता सुवास नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले नेताहरुबीच अनौपचारिक कुराकानी भइरहेको र दिउँसो औपचारिक रुपमै बैठक बस्न सक्ने जानकारी दिनुभयो ।

माधव नेपाल पक्षले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ । ओली पक्षले भने पार्टीमा धेरै घटनाक्रमको विकास भइसकेको र माओवादी केन्द्रबाट समेत नेताहरु एमालेमा प्रवेश गरेकाले नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने बताउँदै आएको छ ।

पार्टीभित्रको विवाद मिलाउन ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल र नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको कार्यदल बनेको छ । कार्यदलले तीन दिनभित्र विवाद मिलाउने खाका बनाउनेछ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया