प्रि–बजेटमाथि अब छलफल गर्न सकिँदैन : संसद् सचिवालय

 जेठ ३, २०७८ सोमबार १४:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद् सचिवालयले अब प्रि–बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्रमा बजेट ल्याइसक्नुपर्ने र अब समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल चलाउन नसकिने संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रवक्ता पाण्डेले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने बताउनुभयो । बजेट अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन ।

प्रवक्ता पाण्डेले कोरोना सङ्क्रमण महामारी तीव्र रूपमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको बताउनुभयो । तर भर्चुअल बैठकका लागि कानुनी संरचनाले वाधा पुर्‍याउने उहाँले बताउनुभयो ।

संविधान र सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्य सञ्चालन नियमावलीले भौतिक रूपमा उपस्थित भएर बैठक सञ्चालन गर्ने कुरालाई मात्रै आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानुनी मान्यता दिने अवस्था नरहेको उहाँले बताउनुभयो । तर आवश्यक कानुनी व्यवस्था भएमा प्राविधिक रूपमा सचिवालय दुरुस्त रहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया