इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से फेरि कीर्तिमानी विन्दुमा पुगेको छ । सोमवार २० दशमलव ७१ बढेर २७ सय ५९ दशमलव २२ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि आइतवार (हिजो) नेप्सेले २७ सय ३८ विन्दुको रेकर्ड बनाएकाे थियो ।
आज बैंकिङ समूहको शेयर नौ अङ्कले, व्यापार समूहको सात अङ्कले, जलविद्युतको ६८ अङ्कले, फाइनान्सको साढे १२ अङ्कले, माइक्रो फाइनान्सको १५ अङ्कले, जीवन बीमा समूहको एक सय १८ अङ्कले, निर्जीवन बीमाको ३९ अङ्कले र अन्य समूहको शेयर साढे ५७ अङ्कले बढेको छ । होटल, विकास बैंक र उत्पादन समूहको शेयर भने घटेको छ ।
नेप्सेले कीर्तिमानी विन्दुको रेकर्ड बनाएको दिन कारोबार रकम भने घटेको छ । दुई सय १८ वटा कम्पनीका एक करोड ९० लाख कित्ता शेयर नौ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ६६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
रुरु हाइड्रो र समता घरेलु लघुवित्तसहित ११ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनी, श्री इन्भेस्टमेन्ट लगायतका केही कम्पनीको शेयर सामान्य घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।