निर्मला हत्याकाण्डको अनुसन्धानमा शंका गर्ने नागरिकमाथि गोली बर्साइयो : सभापति देउवा

 भदौ ८, २०७५ शुक्रबार २०:२७:६ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरमा शुक्रबार भएको घटनाको भर्त्सना गर्नुभएको छ । 

उहाँले कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्रीसँग त्यस घटनाको छानबिन गर्न माग गर्नु भएको छ । 
बलात्कार र हत्याको निष्पक्ष छानबिन होस् भन्दै आन्दोलनमा उत्रिएका स्थानीय नागरिकमाथि प्रशासनले गोली चलाएको भन्दै निर्मलाको परिवारलाई सुरक्षा दिन र नयाँ ढंगबाट घटनाको छानबिन गर्न पनि सभापति देउवाले माग गर्नु भएको छ ।

साथै सभापति देउवाले दिनहुँ ३–४ वटा बलात्कारका घटना हुनु राष्ट्रिय लज्जाको विषय भएको भन्दै बलात्कारीलाई तत्काल दण्डित गर्न फास्ट ट्रयाक कोर्टको गठन गरिनुपर्ने पनि माग राख्नु भएको छ । 


 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया