यास चक्रवात आजै शक्तिशाली आँधीमा परिणत हुँदैछ, सचेत रहनु - मौसम विभाग

 जेठ ११, २०७८ मंगलबार १२:४४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्गालको खाडीमा उत्पन्न भएको यास नामको चक्रवातको असरले अबकाे केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरुले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुने बताएको छ ।

आँधीको प्रभावले आज  प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश-१ का उच्च हिमाली/पहाडी भूभागका केही ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । यस्तै भोलि सबैजसो प्रदेशका केही ठाउँमा ठूलो पानी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हरेको विभागले जनाएको छ ।

यास चक्रवातको प्रभाव आउँदो शनिवारसम्म रहने छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च गतिको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले आजदेखि केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन पनि विभागले आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया