नेपाल कबड्डी लिगमा काठमाण्डौ र जनकपुर विजयी, आज धनगढी र पोख...
माघ ९, २०८१ बुधबार
काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सरकारले सबै नागरिक रोजगार हुनैपर्ने बाध्यकारी अवस्था सृजना गरिरहेको दाबी गर्नु भएको छ ।
मन्त्री पुनले सबै नागरिकलाई रोजगारीको अवसर दिन सरकारले उद्यमशील नागरिक बनाउने अभियानलाई विशेष महत्व दिएको पनि स्पष्ट पार्नुभयो ।
शनिबार काठमाडौंमा आयोजित ग्रील तथा स्टिल व्यवसायी संघ, काठमाडौंको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले प्रत्येक नागरिकलाई सय दिन रोजगारीको अवसर दिन सरकारले बेरोजगार भत्तासहितको कानुनी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
मन्त्री पुनले रोजगारीको अवसर वृद्धि हुने गरी उद्योग, व्यवसायको प्रवर्दनको काममा लाग्न उद्यमी, व्यवसायीहरुलाई समेत आग्रह गर्नुभयो । उहाँले पुरानै खालको सक्रियताबाट मुलुकको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न सक्ने अवस्था नरहेको पनि स्मरण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
krishna
Aug. 25, 2018, 5:07 p.m.हाम्रो देश पनि बेरोजगारलाइ भत्ता दिनसक्ने सक्षम भइसकेछ ? अति सारै चाहि नगरेको भए हुन्थ्यो।