कांग्रेस महासमिति बैठक मंसीर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने

 भदौ ९, २०७५ शनिबार १८:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली कांग्रेसको महासमिति बैठक मंसीर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

शनिबार  बसेको पार्टी केन्द्रिय कार्यसमिति बैठकले आउँदो महासमिति बैठक मंसीर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

देशव्यापी रुपमा छलफल गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने भएकाले पार्टीको महासमिति बैठक मंसीर पहिलो हप्ता गर्ने सर्वसम्मत निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले महासमिति बैठकका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको मूल तयारी समिति गठन गरेको छ ।

समितिमा केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरु सदस्यको रुपमा रहने निर्णय पनि गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन बनाउन उपसभापति विमलेन्द्र निधी नेतृत्वको समिति गठन गरेको छ । यस्तै बैठकले महासमिति बैठकमा पार्टीको अर्थ नीतिसम्बन्धी धारणा तय गर्न डा. प्रकाशरण महत नेतृत्वको समिति गठन गरेको छ । समितिमा रहने सदस्यहरु पछि थप गर्ने गरी मुलुकको समग्र आर्थिक क्षेत्रको धारणा तय हुनेगरी अर्थ नीति सम्बन्धी प्रतिवेदन महासमिति बैठकमा पेश गर्ने जिम्मेवारी सहमहामन्त्री महत नेतृत्वको समितिलाई दिइएको पार्टीका प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले विधान संशोधनका लागि गठित महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिलाई अनुमोदन पनि गरेको छ । समितिले महासमिति बैठकमा पेश गर्ने विधान प्रतिवेदन तयार पार्नेछ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया