नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
सङ्खुवासभा - सङ्खुवासभाको उत्तरी क्षेत्रमा पर्ने भोटखोला र मकालु गाउँपालिकाका १० हजार नागरिकहरुलाई कोरोना विरुद्धको भेराेसेल खोप लगाइने भएको छ ।
चीनको तिब्बत प्रान्तको नेपालसँग सिमाना जोडिएको यस क्षेत्रका १८ वर्ष माथिका सम्पूर्ण नागरिकहरुलाई कोरोना विरुद्धको भेराेसेल खोप लगाइने भएको हो । चीन सरकारले भोटखोला र मकालु गाउँपालिका भित्रका १० हजार नागरिकलाई निःशुल्क रुपमा खोप दिने भएकाे स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।
भोटखोला गाउँपालिकामा असार १३ देखि १५ गतेसम्म १९ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र तोकिएका केन्द्रबाट खाेप दिइने भोटखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्पू भोटेले बताउनुभयो । उहाँले १८ वर्षमाथिका सबै नागरिकहरुलाई आफ्नो परिचय खुल्ने कागजात बोकेर खोप केन्द्र पुगेर खोप लगाउन समेत अनुरोध गर्नुभयो ।
त्यसैगरी मकालु गाउँपालिकामा असार १३ देखि १८ गतेसम्म खोप दिइने मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले बताउनुभयो । उहाँले कोरोनाबाट जोगिन मकालुका सबै नागरिकलाई अनिवार्य खोप लगाउन अनुरोध समेत गर्नुभयाे । ‘आफूलाई पायक पर्ने खोप केन्द्रमा उमेर खुल्ने प्रमाणसहित सबैलाई अनिवार्य सहभागी भइ खोप लगाउन खबर गरेका छौँ।' अध्यक्ष पोख्रेलले भन्नुभयो ।
मकालु गाउँपालिकामा २४ ठाउँको खोप केन्द्रबाट भेराेसेल खोप लगाउने तयारी भइरहेको छ । भोटखोला र मकालु गाउँपालिकाका १८ वर्षभन्दा माथिका नागरिकहरुका साथै त्यहाँ कार्यरत रहेका कर्मचारी, सुरक्षाकर्मी, सम्पूर्ण शिक्षकलाई समेत खोप लगाइने भएको छ । निषेधाज्ञाका कारण भोटखोला गाउँपालिकासम्म जान नसक्ने भोटखोलावासीलाई मकालु गाउँपालिकाको नुम बजारमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताउनुभयो ।
चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाउन आमनागरिकहरुले उत्साहका साथ स्वास्थ्य केन्द्र आउन गाउँपालिका अध्यक्षहरुको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।