अमेरिकाको मायामीमा भत्किएको भवनको डिजाइनमा गम्भीर त्रुटि, भत्किनुको कारण खुल्न बाँकी

 असार १३, २०७८ आइतबार ९:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको फ्लोरिडा राज्यको मायामीमा भत्किएको भवनको डिजाइनमा गम्भीर त्रुटि रहेको पाइएको छ । गएको बिहीवार बिहानै १२ तले आवासीय भवन भत्किँदा १५९ जना अझै बेपत्ता छन् ।

अहिलेसम्म पाँच जनाको ज्यान गएको पुष्टि भएको छ ।  बेपत्ताहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । सन् २०१८ मा गरिएको निरीक्षणमा नै भवनको डिजाइनमा गम्भीर त्रुटि रहेको पाइएको थियो । इन्जिनियरहरुले गरेको निरीक्षणपछिको प्रतिवेदन अहिले मात्रै सार्वजनिक गरिएको छ । के कारणले ४० वर्ष पुरानो भवन भत्कियो भन्ने अझै खुलेको छैन ।

घटना हुँदा कति जना थिए भन्ने पनि स्पष्ट छैन । भवनको १३६ अपार्टमेन्टमध्ये ५५ वटा भत्किएका छन् । सन् १९८० मा बनेको भवन के कारण भत्कियो भन्ने बारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया