च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
सुर्खेत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले १० वर्षभित्र कर्णालीलाई सबैभन्दा धनी प्रदेश बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न ‘कर्णाली प्रदेशको आर्थिक वर्ष २०७५-७६को नीति तथा कार्यक्रम तयारी छलफल कार्यक्रम’ मा बोल्दै पूर्वमन्त्री शर्माले केन्द्रीय सरकारले दिने अनुदानभन्दा दश गुणा ठूलो आकारको बजेट ल्याउनुपर्ने बताउनुभयो ।
अनुदान रकमले अपुग बजेट ऋण लिई तत्काल प्रतिफल प्राप्त हुने आयोजनामा लगानी गर्नुपर्ने पूर्वमन्त्री शर्माको भनाई छ । क्रमभंगता नगरी कर्णाली प्रदेशको विकास र समृद्धि गर्न नसकिने बताउँदै उहाँले क्रमभंगताको सामना गर्ने इच्छाशक्ति कर्णालीका जनतासँग रहेको धारणा राख्नुभयो ।
समृद्धि र सामाजिक न्यायसहितको समाजवादी व्यवस्था आफूहरुको गन्तव्य भएको भन्दै पूर्वमन्त्री शर्माले जनताका आकांक्षा, आवश्यकता र आवाजमा आधारित वैज्ञानिक योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । तीव्र भौतिक पूर्वाधारको विकास, उत्पादनमा जोड, सामाजिक न्यायको स्थापना, उत्पादनमूलक ठूला उद्योग तथा परियोजनामा जनताको स्वामित्वको स्थापना गर्नुपर्ने उहाँले वताउनुभयो ।
नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका पूर्वमन्त्री शर्माले कर्णाली प्रदेशमा लगानीको वातावरण निर्माणका लागि पनि केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारले गर्नुपर्ने कामका लागि आफू लड्न तयार रहेको बताउँदै नेता शर्माले केन्द्रले उपेक्षा गर्ला कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो ।
छलफल कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको समग्र विकासका लागि सरकार, संसद र कर्मचारी प्रशासनको साझा बुझाई कायम गरी दीर्घकालीन योजना निर्माण गरेर कार्यान्वयनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सरकार तीव्र गतिमा दौडेर मात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताउँदै उहाँले संघीय सरकार र प्रदेश सरकारका कामकारबाहीमा एकरुपता पैदा हुनुपर्नेमा जोड गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।